काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ६ जयनगर (मगरागढी) मा शाखा सञ्चालनमा ल्याएको छ।

बैंकले बिहीबार जयनगर (मगरागढी) शाखा सञ्चालनमा ल्याएको हो। यस शाखाको उद्घाटन बारबर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारु (कबिर) तथा बैंकका अध्यक्ष अच्यूतप्रसाद प्रसाईले संयुक्त रुपमा गरेका थिए। 

यो शाखा कार्यालय सञ्चालनमा आएसँगै त्यस क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ११० पुगेको छ। 

सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधा दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ। 

बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको छ।