काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उदयपुर सदरमुकाम गाईघाटको त्रियुगा नगरपालिकास्थित बीपी चोकको बैंक लाइनमा सोमबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।

ग्रामीण साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैंकले शाखा विस्तारलाई तीव्रता दिएको हो। यो शाखा सञ्चालन आएसँगै बैंकको कुल शाखा संख्या १११ पुगेको छ। 

गाईघाट शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ। 

बैंंकले आफ्ना ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैंकिङ सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ। बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय सञ्चालन गर्ने योजना बनाएको समेत बनाएको छ।