काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका कर्मचारी तथा ग्राहकहरुले ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलमा स्वास्थ्योपचार सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।  

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटलबीच सम्झौता भएपछि बैंकका कर्मचारी तथा ग्राहकले यस्तो सुविधा पाउने भएका हुन् । बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई नेपाल क्यान्सर हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवासुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन्। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई देशभरि रहेका ८७ वटै शाखाहरुबाट विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहक महानुभावहरुले नेपाल क्यान्सर हस्पिटलले प्रदान गर्ने स्वास्थ्यसम्बन्धी विभिन्न उपचारहरुमा छुट प्राप्त गर्न सक्नेछन् ।