काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकका सीईओ सुयोग श्रेष्ठको आज भदौ १९ गतेबाट नयाँ कार्यकाल सुरु भएको छ।
बैंक सञ्चालक समितिको गत भदौ ५ गते बसेको बैठकले श्रेष्ठलाई सीईओमा नियुक्त गरेको थियो। उनको कार्यकाल आजबाट ४ वर्षका लागि थपिएको छ।
ग्राहकको अधिकतम सुविधालाई मध्यनजर गर्दै आजैबाट बैंकले सांग्रिला कस्टमर केयर शुभारम्भ गरी ग्राहकको जिज्ञासा, गुनासो र सुझावलाई ग्रहण गर्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ।
आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र भरोसाले गर्दा बैंकले मुलुकभर ११२ शाखा कार्यालय र ३१ एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। यसका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago