काठमाण्डौ । नेपालमा प्युजा र सिट्रोनका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले चाडपर्वको समयमा आफ्नो सबैभन्दा ठूलो अफर ल्याएको औपचारिक घोषणा गरेको छ। 

यो चाडपर्वका अवसरमा सांग्रिला मोटर्स प्राइभेटले ‘ड्राइभ नाउ, पे लेटर’ योजना ल्याएर सवारीसाधनको सपना देखने मानिसहरूलाई सहज बनाउने लक्ष्यमा यो अफर ल्याएको हो। दसैँ, तिहार र छठभर मान्य हुने यो चाडपर्व अफर यस वर्षको सबैभन्दा ठूलो र आकर्षक अफर भएको दाबी गरिएको छ। 

सांग्रिला मोटर्सले प्युजो वा सिट्रोन कार किन्ने जोकोहीलाई क्रमशः १६.५० लाख र रु १५.५० लाखको लाभ प्रदान गरिनेछ। त्यसैगरी सिट्रोन र प्युजा दुवैले आफ्ना ग्राहकलाई रु. ७ लाख छुट, १ वर्षको निःशुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क ईएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउँदै छन्। 

प्रसिद्ध फ्रान्सेली अटोमोबाइल ब्रान्डहरुमध्ये एक सिट्रोन सांग्रिला मोटर्सले नयाँ थपिएको हो। यो चाडपर्वको प्रस्ताव, सिट्रोनको सी५ एअरक्रस मोडलमा मान्य छ। सी५ एअरक्रस मोडल एउटा विलासी फ्रान्सेली कार हो। जसले क्लास र आरामलाई एउटै कारमा पहुँचयोग्य बनाउँछ भनेर निक्कै प्रख्यात छ। जब कि प्युजा नेपाली कार बजारमा पहिले नै स्थापित भइसकेको छ र अफर प्युजाको ३००८ अल्लुर डिजेल मोडलका लागिमात्र मान्य छ।