काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो स्थापनाको १५ औं बर्ष सफलतापूूर्वक पुूरा गरी १६ औं बर्षमा प्रवेश गरेको अवसरमा मिति शनिबार प्रभातफेरी कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

बैंकको केन्द्रिय कार्यालय बालुवाटारबाट शुरु भएको प्रभातफेरी नक्साल भगवती हुँदै कमलपपोखरी, कमलादी गणेशस्थान, घण्टाघर, रानीपोखरी दरबारमार्ग, नागपोखरी, गैरीधारा हुँदै पुनः केन्द्रिय कार्यालय बालुवाटार आई सम्पन्न भएको थियो ।  ‘‘सांग्रिला बैंकको सोच, हरेक नेपालीमा बैकिङ्ग पहुँच’’  भन्ने मूल नारालाई मनन् गरी प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो ।

बार्षिकोत्सवकै अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यअन्तर्गत बिगतका वर्षहरुमा जस्तै “रक्तदान–जीवनदान” भन्ने भावार्थलाई मनन् गरी रगतको अभाव नहोस् भन्ने उद्देश्यले बैंकको केन्द्रीय कार्यालयमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

नेपालगञ्ज क्षेत्रीय कार्यालय तथा गल्छी शाखा कार्यालयमा पनि आइतबार रक्तदान कार्यक्रम आयोजना गरिनुका साथै बैंकको सातवटै प्रदेश कार्यालयबाट सरसफाइलगायतका विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइएको छ ।