काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १८ औँ वर्षमा प्रवेश गरेको छ। 

बैंकको कात्तिक १३ गते (आइतबार) वार्षिकोत्सव परेको थियो। बैंकले आज कात्तिक १४ गते केक कटिङलगायतका कार्यक्रम गरेर हर्षोउल्लासका साथ आफ्नो वार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ। 

उक्त कार्यक्रम काठमाण्डौको बालुवाटरस्थित बैंकको केन्द्रीय कार्यालयमा आयोजना गरिएको हो। वार्षिकोत्सवको उपलक्ष्यमा गरिएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बैंकमा १० वर्ष पूरा गरेका कर्मचारीलाई सम्मान गरी कदरपत्र प्रदान गरेका थिए। 

बैंकले आफ्ना ग्राहक तथा सेयरधनीहरुको विश्वासले अलग्गै पहिचान बनाउन सफल भई आजको दिनमा आफ्नो कार्यकालको १८ औँ वार्षिकोत्सव उत्साहका साथ मनाउन सफल भएको हो। यसका साथै अबका दिनमा समेत यस किसिमको विश्वासको अपेक्षा बैंकले राखेको छ।