काठमाण्डौ । सांग्रिला विकास बैंकले हालै आफ्नो मोबाइल बैंकिङ एप सांग्रिला स्मार्टलाई अपग्रेड गरेको छ। 

नयाँ एप्लिकेसन नेपालको अग्रणी फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल निर्माण गरेको छ। जुन बैंक एक्स्पी आर्किटेक्चरमा आधारित रहेको छ। यसले प्रयोगकर्तालाई कार्यक्षमताको फराकिलो दायरालाई अनुमति दिन्छ। 

सांग्रिला स्मार्ट डिजिटल बैंकिङका लागि ओम्निच्यानल दृष्टिकोणमा आधारित छ र यसले ग्राहकलाई उनीहरुको मोबाइल र वेब उपकरणबाट सहजै एप्लिकेसन प्रयोग गर्न समान प्रमाणहरु तथा पासवर्डहरु प्रयोग गर्न अनुमति दिन्छ। नयाँ एप्लिकेसनमा बिल भुक्तानी, चेक बुक अनुरोध, सेल्फ पासवर्ड र पिन रिसेट, माध्यमहरुको अन्तरसञ्चालन जस्ता थुप्रै सुविधाहरु रहेका छन्। 

नयाँ एप्लिकेसनको अपग्रेडबारे सांग्रिला बैंकका प्रमुख अपरेटिङ अफिसर अपूर्वप्रसाद जोशीले भने, ‘सांग्रिला विकास बैंकले डिजिटल बैंकलाई सधैँ प्रवर्द्धन गर्दै आएको छ। हामी अबको भविष्य डिजिटल भविष्यको बाटो हो भन्ने विश्वास गर्छौँ र हाम्रो एपको नविनतम संस्करणको सुरूवातसँगै प्रयोगकर्ताले एपबाटै सीधै विभिन्न प्रकारका बैंकिङ सेवा प्राप्त गर्न सक्नेछन्।’ 

उनले थपे, ‘नयाँ एपको अनुप्रयोगमा धेरै नयाँ सुविधा छन्, जुन धेरै यन्त्र तथा माध्यमबाट प्रयोग गर्न सकिन्छ। जसले हाम्रा ग्राहकलाई उपलब्ध उत्कृष्ट डिजिटल बैंकिङ अनुभव प्राप्त गर्न सजिलो बनाउँछ।’ 

सांग्रिला विकास बैंक केही नवीन र उत्प्रेरित उद्यमी सोच भएका व्यक्तिहरुको सपनाको परियोजना हो। यो नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त ‘ख’ वर्गको बैंकका रुपमा सञ्चालनमा छ। 

यो बैंक विकास बैंकहरूमा अग्रणी स्थानमा रहँदै आएको छ। सांग्रिला स्मार्ट प्ले स्टोर र एप स्टोरबाट सहजै डाउनलोड गर्न सकिन्छ।