काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष उज्ज्वल सत्यालले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन्। 

अध्यक्ष सत्यालद्वारा अन्य सञ्चालकहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेपश्चात नवनिर्वाचित सञ्चालक समितिले आफ्नो कार्य प्रारम्भ गर्नेछ। नवनियुक्त अध्यक्ष तथा सञ्चालकलाई आफ्नो कार्यकालको सफलताको शुभकामना बैंकले व्यक्त गरेको छ। 

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ११२ शाखा कार्यालय, ३० एटीएमका साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ।