काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युट प्रालिबीच छुट सम्झौता भएको छ।

सम्झौतापत्रमा आज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटका तर्फबाट निर्देशक सञ्जीव राजभण्डारीले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार चिरायु नेसनल हस्पिटल तथा मेडिकल इन्स्टिच्युटले सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक, कर्मचारी तथा कर्मचारीका परिवारलाई विभिन्न किसिमका बेड चार्ज डाइग्नोस्टिक प्रोसिड्युर, फार्मेसी एन्ड हेल्थ प्याकेज सेवालगायतका मागअनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ। 

स्वास्थ्य चेकजाँचमा बैंकका ग्राहकलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने सम्झौतापत्रमा उल्लेख छ।