काठमाण्डौ । यो वर्षको विश्व वातावरण दिवसको अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले दोस्रो बृहत साइकल र्‍याली आयोजना गर्ने भएको छ। 

जेठ २० गते(आगामी शनिवार) बिहान ७ बजे बैंकले ‘सांग्रिला साइकल र्‍याली २०८०’  आयोजना गर्ने भएको हो। सो दिन बिहान ७ बजेदेखि सांग्रिला बैंकको बालुवाटारस्थित केन्द्रीय कार्यालय अगाडिबाट कार्यक्रमको सुरुआत हुनेछ। र्‍यालीले सहरका मुख्य भागको परिक्रमा गर्नेछ। करिब १ घन्टापछि सानो गौचरणको चौरमा गएर सो र्‍याली समाप्त हुने बैंकले जनाएको छ। 

बैंकले यसपटक डेभलपमेन्ट बैंककोे छाता संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएसन (डिबान) सँगको सहकार्यमा यो कार्यक्रम आयोजना गर्न लागेको हो। सांग्रिला डेभलपमेन्ट बैंकले अघिल्लो वर्षको विश्व वातावरण दिवसमा पनि साइकल र्‍याली आयोजना गरेको थियो। 

यस साइकल र्‍याली कार्यक्रमका लागि White Feathers Communications, Square Eighteen, Sign Pro, Axiom Nepal Pvt. Ltd, Advan Tech Trade Link, R.D Suppliers, World Distribution Nepal Pvt. Ltd, Capital Construction Pvt. Ltd, Nepal Air Conditioning Service, Raj Trading Concern  संस्थाहरुको समेत सहयोग रहेको छ।

अघिल्लो वर्षको र्‍यालीमा बैंकका कर्मचारीहरुमात्र सहभागी थिए। तर, यसपटक भने विभिन्न क्षेत्रका ३०० बढी साइकलप्रेमीहरुको सहभागीता हुने बैंकको अपेक्षा छ। 

साइकल र्‍यालीमा सहभागी प्रथम ३०० सहभागी सबैलाई टिसर्टको व्यवस्था गरिएका साथै सहभागीहरुमध्ये एकजनालाई लक्की ड्रबाट साइकल उपहारसमेत दिइने बैंकका सूचना अधिकारी अपूर्वप्रसाद जोशीले जानकारी दिए। 

यस्तै र्‍यालीमा सहभागी सम्पूर्ण सहभागीलाई एउटा–एउटा बिरुवा उपहार दिइनेछ। 

साइकल र्‍यालीमा सहभागिताका लागि बैंकले अनलाइनबाट रजिस्ट्रेसन गर्न पाउने व्यवस्थासमेत गरेको छ।