काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई विभिन्न सामग्री सहयोग गरेको छ। 

बाँकेको कोहलपुर–९ झन्डहवा गाउँस्थित स्वास्थ्य प्रतिष्ठानको कार्यालय सेमी फोल्डिङ बेड, नर्मल ह्विल चेयर र आईभी स्ट्यान्ड सहयोग गरिएको बैंकले जनाएको छ। 

बैंकका नेपालगन्ज क्लस्टर इन्चार्ज जयन्द्रबहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा उक्त स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिलाई ती सामग्री हस्तान्तरण गरिएको थियो।