काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले काठमाण्डौको मालीगाउँस्थित ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट हस्तान्तण गरेको छ।
समय–समयमा आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सेवासम्वन्धि कार्य गर्दै आएको बैंकले आज ट्राफिक प्रहरीलाई फ्लोरसेन्ट ज्योकट हस्तान्तरण गरेको हो। त्यस क्षेत्रहरुमा चल्ने सवारीसाधनलाई व्यवस्थापन लगायत चुस्तदुरुस्त ट्राफिक व्यवस्थापन गर्ने उद्देश्यले ट्राफिक प्रहरी वृत्तलाई फ्लोरसेन्ट ज्याकेट प्रदान गरिएको बैंकले जनाएको छ।
एक कार्यक्रमबीच ट्राफिक प्रहरीको टोलीलाई बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले फ्लोरसेन्ट ज्याकेट हस्तान्तरण गरेका हुन्। यस किसिमको सहयोगले ट्राफिक प्रहरीहरुलाई मद्दत पुगेको कुरा व्यक्त गर्दै यससम्बन्धी कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी ट्राफिक प्रहरी वृत्त मालीगाँउका प्रहरी निरीक्षक सागर घलेले आफ्नो विचार राखे।
सांग्रिला डेभलपमेन्ट बंैकले देशभर रहेका आफ्ना ११२ शाखा कार्यालयमार्फत यस किसिमका सामाजिक उत्तरदायित्व वहन गर्दै आएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19