काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका ग्राहकले हिमाल डेन्टल हस्पिटलमा आकर्षक छुट पाउने भएका छन्। 

छुटसम्बन्धी सम्झौतापत्रमा सोमबार बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र हिमाल डेन्टल हस्पिटलका तर्फबाट निर्देशक डा. राजेन्द्र भट्टले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका डेन्टल सेवामा छुट पाउनेछन्। 

सम्झौताअनुसार हिमाल डेन्टल हस्पिटलले बैंकका ग्राहक र कर्मचारीलाई विभिन्न किसिमका ओपीडी, सर्जरी, औषधि तथा दाँतसँग सम्बन्धित सम्पूर्ण उपचारमा २० प्रतिशत छुट प्रदान गर्नेछ। 

यसबाट बंैकका कर्मचारी तथा ग्राहकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास बंैकले लिएको छ।