 
                     
                                
                             
                                    काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले १९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
सो अवसरमा कम्पनीले विहान ७ बजे काठमाण्डौ महानगरपालिका ४, टुँडालदेवी मन्दिर परिसरको सरसफाई गरेको छ ।सरसफाईमा कम्पनीका कर्मचारीहरु तथा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी काठमाण्डौको उत्साहपूर्ण सहभागीता थियो ।
मन्दिर परिसरको सरसफाई पश्चात कम्पनीको केन्द्रीय कार्यालय बालुवाटारको प्रांगणमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत तिलगंगा आँखा अस्पताललाई २ लाख रुपैयाँको आर्थिक सहयोग गरिएको छ ।
सो अवसरमा अध्यक्ष उज्ज्वल सत्याललगायत सञ्चालकहरु तथा तिलगंगा आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा रिता गुरुङको समेत उपस्थिति थियो ।कार्यक्रममा अस्पतालका सीईओ गुरुङले अस्पतालले प्राप्त गरेको रकमको उच्च सदुपयोग हुने विचार व्यक्त गर्दै बैंकलाई धन्यवाद दिइन् ।
यसैगरी वार्षिकोत्सवकै अवसरमा पारेर केन्द्रीय कार्यालय बालुवाटार र नेपालगञ्ज क्लष्टर कार्यालयमा १३२ जनाले रक्तदान समेत गरेका छन् ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19