काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टर बीच स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतामा कम्पनीको तर्फबाट पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा रविन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल तथा रिर्सच सेन्टरले कम्पनीका ग्राहक,कर्मचारी तथा सेयरधनीहरुलाई विभिन्न किसिमका स्वास्थ्य सेवाहरु आकर्षक छूटका साथ सहज तरिकाबाट पाउने छन् । 
 स्वास्थ चेक जाँचमा कर्मचारी तथा सेयरधनीहरुलाई १५ प्रतिशत र कम्पनीका ग्राहकहरुलाई १० प्रतिशत छूटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौतापत्रमा उल्लेख छ । 

यससम्झौताले  कार्यरत कर्मचारीहरु तथा ग्राहकहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास कम्पनीले लिएको छ ।