काठमाण्डौ । तपाइँ साइकलको पारखी हुनुहुन्छ। अथवा तपाइँलाई साइकल किन्ने निकै रहर छ। तर पैसा छैन ? के गर्ने ?
अब तपाइँले चिन्ता लिनुपर्दैन। तपाइँलाई मन पर्ने साइकल किन्न अब मेगा बैंक लिमिटेडले साथ दिनेछ।
साइकल पारखीहरुका लागि मेगा बैंकले यो नयाँ योजना सार्वजनिक गरेको हो। यस योजनाअन्तर्गत ग्राहकले मेगा बैंकको क्रेडिट कार्डमार्फत सजिलै आफूलाई मनपरेको साइकल किन्न सक्नेछन्।
बैंकका अनुसार यदि ग्राहकले कुनै पनि साइकल पसलमा गएर मनपर्ने साइकल किनेर त्यसको भ्याट बिल मेगा बैंकमा बुझाउनुपर्नेछ। उक्त भ्याट बिलबराबरको रकम मेगा बैंकले ग्राहकको खातामा जम्मा गरिदिनेछ। अनि ग्राहकले शून्य प्रतिशत ब्याजदरमा साइकल किनेको पैसाको मासिक भुक्तानी गर्न सक्नेछन्।
यस योजनाअन्तर्गत बैंकले आफ्ना ग्राहकलाई १२ महिनादेखि १८ महिनासम्मको सरल मासिक भुक्तानीमा साइकल किन्ने सुविधा प्रदान गरेको छ। अहिले परिस्थितिमा साइकल यात्रा स्वास्थ्यका पनि राम्रो र वातावरणमैत्री पनि हुने भएकोले यो योजना ग्राहकमाझ ल्याइएको बैंकले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago