काठमाण्डौ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डका रुपमा परिचित आइसिटी अवार्डको सातौँ संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबीच प्रतिस्पर्धा हुने भएको छ। साउथ एसिया स्र्टाअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आज बुधबारदेखि खुला भएको छ।
लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ।
यस अवार्ड विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिप्सका ४ वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीहरुले नोमिनेशन दर्ता गर्नसक्नेछन्। यस विधाका लागि विभिन्न देशका विज्ञहरु सहितको छुट्टै छनौट समिति रहनेछ।
सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वषर््ा परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ। यस वर्षदेखि अन्तर्राष्ट्रियस्तरमा पनि स्टार्टअप इकोसिस्टमको विकास गर्न यस अवार्डलाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए। प्रविधि तथा इन्नोभेसनमा दक्षिण एसियाली देशहरु अग्रसर भइरहेको अवस्थामा यस अवार्डले दक्षिण एसियाली देशहरुमा थप सहकार्यको वातावरण बन्ने लम्सालको भनाइ छ। यसअघि विभिन्न ११ विधाहरुका लागि नोमिनेसन खुला भइसकेको छ।
यस वर्ष नोमिनेसन खुला गरिएको ११ अन्य विधाहरुमा स्टार्टअप आइसिटी अवाड (नेपाल), प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरु स्टार्टअप तथा इन्नोभेसन सम्बन्धित विधाहरु रहेका छन्। आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन्।
यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरुलाई प्रदान गरिने अवार्डहरुमा डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन्।
आइसिटी अवार्डमा नोमिनेसन दर्ता गर्न प्रतिस्पर्धी आफैँ वा अन्य कसैले अनलाइन नोमिनेसन दर्ता गर्न सक्नेछन। अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ।
आइसिटी अवार्ड २०२२ को ग्रान्ड फिनाले पुस पहिलो साता आयोजना हुनेछ। यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढि चरणमका छनौट प्रकृयालाई अगाडी बढाउनेछ। १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा २५ भन्दा बढी जुरी मिटिङ सञ्चालन हुनेछन्। अवार्ड फिनाले अघि स्टार्टअप एन्ड आइडिया फेस्टलगायतका कार्यक्रमहरु पनि आयोजना हुने बताइएको छ।
अवार्ड विजेताहरुले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरु प्राप्त गर्नेछन्। स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसरसमेत प्राप्त गर्नेछन्।
यसैगरी अवार्डका विजेता र उत्कृष्टले वर्ल्ड समिट अवार्डमा पनि सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन्। यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसीसीआईलगायत निजी क्षेत्रका कर्पोरेट संस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago