काठमाण्डौ । आईसीटी अवार्डले साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड २०२२ का उत्कृष्ट ५ प्रतिस्पर्धी सार्वजनिक गरेको छ। सार्क राष्ट्रका स्टार्टअपलाई लक्षित गर्दै आईसीटी अवार्डले यस वर्षदेखि साउथ एसिया स्टार्टअप विधा थप गरेको थियो।
यस विधामा सार्क राष्ट्रबाट ५० बढीको आवदन प्राप्त भएको थियो। त्यसमध्ये यसअघि उत्कृष्ट १० हुँदै बिहीबार उत्कृष्ट ५ सार्वजनिक गरिएको छ।
साउथ एसियाका उत्कृष्ट ५ स्टार्टअपमा बंगलादेशको बोरक, श्रीलंकाको एक्जामहब र म्याजिकबिट, पाकिस्तानको पोल्टा इंक तथा भारतबाट टेक फोर बिलियन (चिंगारी) पर्न सफल भएका छन्।
कस्ता छन् उत्कृष्ट ५ स्टार्टअप ?
बोरक बंगलादेशको सुपर एप हो। यसले राइड शेयरिङ, शप म्यानेजमेन्ट सोलुसन, वालेटलगायतको सेवा दिँदै आएको छ।
एक्जाम हब श्रीलंकाको स्टार्टअप हो। यो एउटा गेमिफाइड एक्जामिनेसन सिस्टम हो।
त्यस्तै म्याजिक बिट पनि साउथ एसिया स्टार्टअप अवार्डको उत्कृष्ट ५ मा पर्न सफल स्टार्टअप हो। म्याजिक बिट लर्निङ प्लेटफर्म हो, यसले एआई, आईओटी,रोबोटिक्स, प्रोग्रामिङ लगायतका नयाँ प्रविधि प्रयोग गरेर विद्यार्थीलाई सिकाउछ। समग्रमा भन्नुपर्दा यो स्टिम एजुकेसन सोलुसन हो।
पोल्टा इंक पाकिस्तानको स्टार्टअप हो। यसले कृषकको पोल्ट्री फार्मको मूल्य शृंखला पहिले नै पत्ता लगाउन, भविष्यवाणी गर्न र नोक्सान रोक्न मद्दत गर्दै आएको छ।
यसैगरी चिंगारी भारतीय स्टार्टअप हो। यसले टिकटकको जस्तै सर्ट भिडियो सुविधा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago