काठमाण्डौ । सातै प्रदेशमा ‘टीभीएस राइडर– सप्तरंग–३’ हुने भएको छ।
राजधानीमा आयोजित एक कार्यक्रममा आयोजक गृष्मा ब्रोर्डकास्टिङले ‘टीभीएस–सप्तरंग–३’ हुने जानकारी गराएको हो। गृष्मा ब्रोर्डकास्टिङले आयोजना गर्न लागेको ‘सप्तरंग’ ले सातै प्रदेशमा जोडिएर कलाकारको सहकार्यमा सचेतना फैलाउनेछ।
‘सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताका निम्ति’ भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रस्ट्याउनु नै ‘सप्तरंग’ को मूल आशय हो। कला–संस्कृतिलाई उजागर गर्दै मंसिर २४ देखि काँकडभिट्टाबाट सुरु हुने ‘सप्तरंग–३’ पुस ९ गते पोखरामा गएर अन्त्य हुनेछ।
काँकडभिट्टालगत्तै मंसिर २६ मा जनकपुर, मंसिर २८ मा चितवन, पुस १ मा नेपालगन्ज, पुस ३ मा सुर्खेत, पुस ५ मा धनगढी र पुस ९ मा पोखरा पुगेर समापन हुनेछ।
‘सप्तरंग–३’ मा अभिनेता राजेश हमाल, गायक बद्री पंगेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीजस्ता कलाकार सहभागी हुने छन्।
नेपाल र नेपालीलाई चिनाऔँ र सारा विश्वमा फैलिएका नेपालीहरुले आफ्नो देशको प्रतिनिधित्व गर्दै जाति, धर्म, भाषा र भेषभुषालाई विश्वसामु आफै चिनाउनेछन् भन्ने मूल हेतुलाई आत्मसाथ गरी ‘नेपाल चार जात छत्तीस वर्णको साझा फूलबारी हो’ भन्ने भनाइलाई प्रस्टाएको छ ।
दोश्रो संस्करणको सफल आबद्धपश्चात यो पटक फेरि टीभीएस मुख्य प्रायोजकका रुपमा आबद्ध भएको छ। यो पटक टीभीएसले आफ्नो नयाँ बाईक टीभीएस राइडरका साथ लिएर प्रचार अगाडि बढाउने भएको छ।
केही साता अगाडिमात्र नेपाली बजारमा लन्च गरिएको टीभीएस राइडरलाई यसको स्पोर्टी लुक्स, पावर र पिक–अपले गर्दा ग्राहकको मन जित्न सफल भएको छ। सातै प्रदेशमा सप्तरंगसँग आबद्ध भई टीभीएस राइडर पनि सातै प्रदेशमा लन्च गरिनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19