 
                     
                                
                             
                                    काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थामा कार्यरत अनुगमन अधिकृतहरुको क्षमता अभिवृद्धिका लागि व्यवसाय प्रवर्द्धन एवं जोखिम व्यवस्थापनका आधारभूत सीप विकास कला र कौशल विषयक दुईदिने तालिममा गोरखामा सञ्चालन गरेको छ।
वित्तीय संस्थाका सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर थापाको प्रमुख आतिथ्यता र वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेको अध्यक्षतामा शनिबारबाट तालिम सुरु भएको हो। तालिममा सहभागीहरुलाई स्वागत गर्दै संस्थाकी वरिष्ठ प्रबन्धक सरिता ढकालले अनुगमन अधिकृतहरुको कार्यसम्पादन स्तर, क्षमता, सञ्चालित कार्यक्रमको गुणस्तर मापन तथा कर्मचारीहरुको सिकाइस्तर अभिवृद्धि गरी संस्थागत व्यवसायको प्रवर्द्धन गर्न र प्रभावकारी जोखिम व्यवस्थापनको रणनीतिक योजना तय गर्न यो तालिमको आयोजना गरिएको बताइन्।
तालिमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष थापाले कर्मचारी वित्तीय संस्थाको सम्पत्ति भएकाले कर्मचारीको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताए। अनुगमन अधिकृत वित्तीय संस्थाको धरोहर रहेकोले शाखा कार्यालयहरुको अनुगमन कार्य गर्दा संयमित भई गर्न, कार्यक्रमको गुणस्तर वृद्धि गर्न, संस्थागत सुशासन कायम गरी लक्ष्यअनुसारको प्रगति गर्न अनुगमन अधिकृतहरुलाई उनले निर्देशन दिए।
गोरखाको हरमटारीमा केन्द्रीय कार्यालय रहेको संस्थाको ७७ वटा शाखा कार्यालयबाट ग्रामीण तथा दुर्गम क्षेत्रमा करिब ७२ हजार सदस्यलाई प्रत्यक्ष वित्तीय सुविधाहरु प्रदान गरिरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19