 
                     
                                
                             
                                    गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गण्डकी प्रदेशअन्तर्गत रहेका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई गोरखामा २ दिने धितो कर्जा व्यवस्थापन तालिम प्रदान गरेको छ।
तालिमको वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले उद्घाटन गरेका थिए। उनले धितो कर्जाको व्यवस्थापन, प्रभावकारी धितो निरीक्षणका आधारभूत ज्ञान, कौशल एवं कर्मचारीको सिकाइ उपलब्धिको मापन, उत्पादकत्व क्षमताको अभिवृद्धि गरी संस्थागत व्यवसाय प्रवर्द्धन गर्न आवश्यक रहेको बताए। उनले प्रमुखहरुमा वित्तीय संस्थाको समयसापेक्ष परिवर्तित कर्जा नीतिनियमहरुको जानकारी र व्यवस्थापन गराउने उद्देश्यले तालिमको आयोजना गरिएको पनि बताए।
तालिममा धितो सुरक्षणको प्रमाणीकरण, विभिन्न नक्साहरुको अध्ययन तथा कागजातहरुको जाँच, जग्गा मापनका आधार र विधिहरु, धितो मूल्यांकन र प्रक्रिया एवं धितो निरीक्षणका लागि प्रयोग गर्न सकिने विविध मोबाइल एप्लिकेसनहरुका बारेमा जग्गा व्यवस्थापन तालिम केन्द्र धुलिखेलका निर्देशक लेखनाथ दाहालले प्रशिक्षण दिएका थिए।
धितो कर्जा प्रवाहको विधि र व्यवसाय प्रवर्द्धनका तरिका र प्रभावकारी कर्जा असुली र वार्ता विधिहरुका बारेमा श्रवण कुमार सर्पाेट प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले सहभागीहरुलाई प्रशिक्षण एवं सहजीकरण गरेका थिए।
तालिममा २६ वटा शाखा कार्यालयमा कार्यरत २७ जना शाखा प्रमुखहरुको सहभागिता थियो।
संस्थाले नेपालका विकट तथा ग्रामीण जिल्लामा विभिन्न ८६ वटा शाखा कार्यालयमार्फत हाल ७५ हजारभन्दा बढी सदस्यहरुलाई वित्तीय सेवा प्रवाह गर्दे आइरहेको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19