 
                     
                                
                             
                                    काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले मृत्यु भएका कर्मचारीको परिवारलाई बीमा रकम भुक्तानी गरेको छ।
संस्थाको शाखा कार्यालय पालुङटारमा कार्यरत कर्मचारी सुवर्ण देवकोटाको गत मंसिर ७ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो। संस्थाले आज पालुङटार नगरपालिकामा संस्थाका सञ्चालक अर्जुनकुमार सिंहको अध्यक्षता तथा नगर प्रमुख ई. दीपकबाबु कँडेलको प्रमुख अतिथ्यतामा भएको एक कार्यक्रममा देवकोटाको परिवारलाई दुर्घटना बीमा भुक्तानी गरेको हो। कार्यक्रममा सञ्चालक सिंहले मृतक कर्मचारीको बुवा धर्मप्रसाद देवकोटालाई आईएमई जनरल इन्स्योरेन्सद्वारा उपलब्ध गराएको बीमाबापतको रु १० लाखको चेक हस्तान्तरण गरेका थिए।
कार्यक्रममा नगर प्रमुख कँडेलले वित्तीय संस्थाले मृतकको परिवारलाई गरेको सहयोगको उच्च प्रशंसा गर्दै शोकाकुल परिवारलाई मलमपट्टी लगाउने कार्य गरेकोमा धन्यवाद व्यक्त गरे।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले मृतक कर्मचारीको संस्था प्रतिको योगदानको उच्च मूल्यांकन गर्दै दिवंगत आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरे थिए।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19