काठमाण्डौ । साधना लघुवित्त वित्तिय संस्था लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत सहिद लखन गाउँपालिका–३ स्थित त्रिवेणी माई मन्दिर व्यवस्थापन समितिलाई २० थान ठूलो डस्टबिन वितरण गरेको छ। 

लघुवित्तका प्रतिनिधिले मन्दिर व्यवस्थापन समितिको अध्यक्ष सूर्य गुरुङलाई एक कार्यक्रमबीच डस्टबिन हस्तान्तरण गरेको हो। कार्यक्रममा सहिद लखन गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष दीपक पाण्डे, साधना लघुवित्तकी सहायक महाप्रबन्धक सरिता ढकाल र वित्त तथा योजना विभाग प्रमुख रुपेशकुमार झा र मन्दिर व्यवस्थापन समिति र देउराली महिला समूहको पदाधिकारीको उपस्थिति थियो।

साधना लघुवित्तका सहायक महाप्रबन्धक ढकालले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत उपलब्ध डस्टबिनको उचित सदुपयोग गर्न अनुरोध गरिन्। 
मन्दिर व्यवस्थापन समितिको अध्यक्ष गुरुङले डस्टबिन उपलब्ध गराएकोमा धन्यवाद दिँदै यसको सही सदुपयोग गर्ने बताए।