काठमाण्डौ । खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवेमार्फत आफ्नो व्यापार डिजिटल रुपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ। 

‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग एकीकृत गरी एपीआई शुल्कमा ५०% क्यासब्याक, निःशुल्क क्विक लिंक पेमेन्ट र एक वर्षको निःशुल्क एसएमएस प्यानल प्राप्त गर्नेछन्। 

खल्ती पेमेन्ट गेटवे भन्नाले खल्ती डिजिटल वालेटद्वारा प्रदान गरिएको सेवा बुझिन्छ। जहाँ व्यवसायलाई आफ्ना ग्राहकबाट सुरक्षित र प्रभावकारी रुपमा आफ्नै वेबसाइट र एपहरुमार्फत भुक्तानीहरु स्वीकार गर्न अनुमति दिइन्छ। खल्तीको एसडीके÷एपीआईमार्फत, व्यवसायहरुले खल्ती वालेट, ई–बैंकिङ, मोबाइल बैंकिङ, एससीटी र भिसा÷मास्टर कार्ड र कनेक्ट आईपीएसजस्ता विभिन्न माध्यमहरुबाट भुक्तानीहरु स्वीकार गर्न सक्छन्। 

यसबाहेक खल्तीले ३१ लाख प्रयोगकर्तालाई सेवाहरु उपलब्ध गराउँदै आएको छ। जसका कारण यति ठूलो संख्याका प्रयोगकर्तासमक्ष नयाँ दर्ता हुने व्यवसायको डिजिटल माध्यामबाट सोझै प्रवरद्ध्न हुन सक्नेछ।  

खल्तीको ’स्मार्ट उद्यमी’ अफरहरु यस प्रकार छन्–

  • व्यवसायहरुको पेमेन्ट गेटवे एपीआई शुल्कमा ५०% क्यासब्याक (अर्थात् रु. १० हजार) प्राप्त हुने 
  • एक वर्षका लागि निःशुल्क एसएमएस प्यानल 
  • लेनदेन शुल्कमा ३३% छुट
  • क्विक लिंक भुक्तानीको पहिलो वर्षको वार्षिक शुल्कमा १००% छुट
  • कर्पोरेट बिलहरुका लागि उद्यम खाता (इन्टरप्राइस खाता) 

हालै खल्तीले ‘क्विक लिंक पेमेन्ट’ को नयाँ सेवा पनि सुरु गरेको छ। जसले व्यापारीहरुलाई आफ्ना ग्राहकलाई डिजिटल बिल बनाई छिट्टै भुक्तानी प्राप्त गर्न अनुमति दिन्छ। स्मार्ट उद्यमीको अफर अन्तर्गत यस सेवालाई एक वर्षसम्म बिना कुनै शुल्क प्रयोग गर्न सकिनेछ। 

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘डिजिटल रुपमा विकसित रहन हामीसबै प्रकारका व्यवसायहरुलाई सशक्त बनाउनमा लागि परेका र्छौं र हामीले यो ’स्मार्ट उद्यमी’ प्रस्तावलाई फेरि ल्याई व्यवसायहरुलाई त्यो लक्ष्यतर्फ प्रोत्साहित गर्न चाहान्छौँ। यसका साथै हामी डिजिटल वालेट सेवाहरुमार्फत व्यवसायलाई उत्कृष्ट पेमेन्ट गेटवे प्रदान गर्न प्रतिबद्ध छौँ।’ 

आईएसओ २७००१ः२०१३ बाट मान्यता प्राप्त साथै भर्खरै WITSA Global Innovation & Tech Excellence Awards 2022 बाट सम्मानित खल्ती आफ्नो सेवाको छैटौँ वर्षमा पुगेको छ। हाल खल्तीमा देशभरिका ३१ लाखभन्दा बढी प्रयोगकर्ता, ७० हजारभन्दा बढी एजेन्ट, ६० हजारभन्दा व्यापारी, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्था, एक हजारभन्दा बढी सहकारी र २५० भन्दा बढी कर्मचारीको परिवारमा वृद्धि गरेको छ। सबै नेपालीमा वित्तीय साक्षरता ल्याउने उद्देश्यका साथ खल्तीले आफ्ना डिजिटल सेवा मार्फत बिल भुक्तानी, मोबाइल र टीभी रिचार्ज, हवाई, सिनेमा र इभेन्ट टिकट बुकिङ, बीमा शुल्क, ई–कमर्सहरु, सरकारी राजस्व, फोहोर व्यवस्थापन बिल र थुप्रै डिजिटलाइज्ड सेवाहरु उपलब्ध गराएको छ।