काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ।
सम्झौतापत्रमा साना किसान विकास लघुवित्तका तर्फबाट संस्थाका उपप्रमुख कार्यकारी अधिकृत डा. नवराज सिम्खडा र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौतापश्चात साना किसान विकास लघुवित्तको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडी नेसनल पेमेन्ट स्विच (एनपीएस)अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ। यसअन्तर्गत साना किसान विकास लघुवित्तले एनसीएचएल–आईपीएस र आरपीएस/कनेक्टआईपीएस प्रणालीहरुमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता संकलनलगायतका विभिन्न संकलनका करोबारहरु तथा तलब, भेण्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायतका विभिन्न प्रकारका भुक्तानीसम्बन्धी कारोबारहरु आफ्ना तथा लाभग्राहीका बैंक खाताहरुबीच सोझै गर्न सक्नेछ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीहरुको एकीकृत इन्टरफेसका रुपमा विकास गरिएको एनपीआईमा हाल ५८ सदस्य बैंक तथा वित्तीय संस्थाहरु आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्थाहरुलगायतका ७४ गैरबैंकिङ संस्थाहरु इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन्।
२००१ मा स्थापित साना किसान विकास लघुवित्तले साना किसान सहकारी र अन्य लघुवित्त संस्थालाई ऋण र प्राविधिक सहयोग सेवाहरु प्रदान गर्दछ। सस्थाले स्थानीय स्तरमा साना कृषकहरुको स्वामित्वमा रहेको समुदायमा आधारित सहकारी संस्थाहरुको स्थापना र समर्थन गरेर गरिबी न्यूनीकरण गर्ने लक्ष्य राखेको छ। संस्थाले विभिन्न सरोकारवालाहरुलाई प्राविधिक सहयोग सहित गुणस्तरीय वित्तीय सेवा उपलब्ध गराउने गरेको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
2024-01-19
2024-01-19