काठमाण्डौ । आफूसँग ज्ञान, सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम तथा व्यवसाय सञ्चालन तथा विस्तार गर्न असमर्थ साना व्यवसायीलाई सहज तथा सरल ढंगले तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले सनराइज बैंक लिमिटेडले ‘सनराइज सरल एसएमई कर्जा’ ९.९५ प्रतिशत वार्षिक ब्याज दरमा दिने भएको छ। 

यो योजनाअन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेस गरेको २४ कार्य घन्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइएको छ। यस योजनाअन्तर्गत ग्राहकले रु. १ करोडसम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। 

यस्तै बैंकले कर्जाका लागि प्रचलित धितो आवश्यकताका लागिसमेत केही छुट प्रदान गर्नुका साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निःशुल्क क्रेडिट कार्डको सुविधासमेतको लाभ उठाउन सक्ने जनाएको छ। बैंकले साना तथा मझौला उद्यमीका लागि कर लेखा तथा अन्य व्यावसायिक दक्षता अभिवृद्घिका लागि विभिन्न किसिमका परामर्श सेवासमेत उपलब्ध गराउँदै आएको जनाइएको छ। 

यो सुविधा देशका विभिन्न स्थानमा फैलिएका बैंकको १३४ शाखाहरूबाट ग्राहकले लिन सक्ने बताइएको छ।