काठमाण्डौ । सामसङले आफ्ना उपभोक्ताका लागि शून्य प्रतिशत ब्याजदर रहेको वित्तीय सुविधायुक्त नयाँ सुलभ कार्यक्रम इन्स्टा फाइनान्स प्रारम्भ गरेको छ।
यो योजना २५ हजार रुपैयाँभन्दा बढी मूल्यका सामसङ स्मार्ट फोन खरीद गर्ने ग्राहकका लागि लागू गरिएको छ। यो पहलको उद्देश्य भनेको नै नेपालभरका ग्राहकले सजिलैसँग आफ्नो चाहनाबमोजिमको स्मार्ट फोन किन्न सक्षम भई वित्तीय समावेशीकरणमा सहयोग पुर्याउनु रहेको छ।
स्मार्टफोन आजका दिनमा नभै नहुने अत्यावश्यक सामग्री भइसकेको छ। मानिसहरु आफ्नो फोनमा यति निर्भर रहने भइसके कि स्मार्टफोन बिनाको जीवनको परिकल्पना पनि गर्न नसक्ने भइसकेका छन्। यसका अतिरिक्त विश्व अब डिजिटलमय हुँदै गइरहेको छ र मानिसहरु अझ धेरै प्राविधिक रुपमा एड्भान्स हुँदै गएका छन्। यस्तो अवस्थामा अझ राम्रो स्मार्टफोनहरुको माग दिनप्रति दिन बढिरहेको छ।
मानिसहरु स्तरीय स्मार्टफोन किन्न लालायित छन् तर उनीहरु आफ्नो खर्चको सीमाका कारण बाँधिएका छन्। यही तथ्यलाई दृष्टिगत गर्दै सामसङ नेपालले मानिसहरुको स्तरोन्नतिमा सहायता पुर्याउन हुलास फिन सर्भ (एचएफएल)सँगको सहकार्यमा इन्स्टा फाइनान्स सुविधा ल्याएको हो। सामसङ इन्स्टा फाइनान्स एक झन्झटरहित तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय हो। जसको मासिक किस्ताको ब्याजदर शून्य रहेको छ।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘सामसङ आज आफ्नो ग्राहकहरुकै कारणले यहाँसम्म पुग्न सफल भएको हो भन्नेमा विश्वास गर्दछौँ। हामी उनीहरुको आवश्यकता र जरुरतहरुलाई बुझ्दछौँ, त्यसैले हामी हाम्रो उत्कृष्ट उत्पादनहरु र सेवाहरु उपलब्ध गराउने गर्दछौँ, हामीले ल्याएको इन्स्टा फाइनान्स त्यस्तै एउटा मुख्य पहल हो। सासमङ इन्स्टा फाइनान्स ग्राहक केन्द्रित रहेको छ। जसले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको नवीनतम अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सक्छ।’
प्रारम्भमा सामसङले नेपालका सम्पूर्ण प्रमुख बजारका २०० वटाभन्दा धेरै शोरुममा यो इन्स्टा फाइनान्स सुविधा उपलब्ध गराउनेछ। यो योजनालाई अर्को महिनासम्ममा आफ्नो नेटवर्कमार्फत बढाउँदै लग्ने योजना सामसङको रहेको छ। यो एक अत्यन्त महत्वपूर्ण पहल हो। जुन सामसङजस्तो स्थापित ब्राण्डले आफ्नो उपकरणहरुलाई सुलभ तरिकाले सबैको पहुँचमा पुर्याउन सुरु गरेको छ। ग्राहकहरु जसले उत्कृष्ट स्मार्टफोनमा आफूलाई अपग्रेड गर्ने सोच बनाइरहेका छन्, उनीहरुका लागि यो एक अत्यन्त सुवर्ण अवसर हो।
सामसङ इन्स्टा फाइनान्सले कसरी काम गर्दछ ?
यो अत्यन्त सरल, झन्झटरहित र तुरुन्तै हुने प्रक्रिया हो र यसको लागि क्रेडिट कार्डको समेत जरुत पर्ने छैन। ग्राहकहरुले केही सामान्य प्रक्रियाहरु पूरा गरेपछि तत्काल कर्जा प्राप्त गर्न सक्दछन्। ग्राहकहरुले आवश्यक कागजातहरु (आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र) सहित इन्स्टा फाइनान्सको सेवा प्रदान गरिरहेको स्टोरमा जानुपर्नेछ। यसरी उपलब्ध गराइएका कागजाताहरु प्रमाणीकरण भएपछि ग्राहकले कानूनी कागजातहमा हस्ताक्षर गर्नुपर्नेछ। त्यसपश्चात् उनीहरुले चाहेको स्मार्टफोन प्राप्त गर्न सक्नेछन्।
यो कार्यक्रम ग्राहक र स्मार्टफोन रिटेलरहरु दुबैका लागि लाभदायक हुनेछ। ग्राहकले सजिलै ऋण सुविधा पहुँच गर्न सक्दछन्। न्यूनतम शुल्कमा नै आफ्नो रोजाइको स्मार्टफोनहरु खरिद वा अपग्रेड गर्न सक्दछन् भने स्मार्टफोन रिटेलरहरु पनि अझै धेरै स्मार्टफोन बेचेर आफ्नो व्यापार वृद्धि गराउन सक्नेछन्। यसर्थ, यो सबैका लागि जितै जितको अवस्था हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago