काठमाण्डौ । हरेक वर्षजस्तै यो वर्ष पनि सामसङ नेपालले आफ्ना ग्राहकका लागि दसैँलक्षित एक उत्साहजनक अफर ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ सुरु गर्ने भएको छ।
यो अफरअन्तर्गत कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिदमा ग्राहकले हरेक दिन उपहारस्वरुप रु.२ लाख ३३ हजार ९०० मूल्य बराबरको टीभीएस एनटर्क १२५ सीसी जित्ने अवसर पनि पाउनेछन्। जसअनुसार जम्मा २५ दिनमा २५ जना विजेताले उक्त उपहार प्राप्त गर्ने पक्का रहेको छ।
यस योजनाअन्तर्गत सामसङ स्मार्टफोन र सामसङ ट्याब्लेट किन्ने जोकोही ग्राहक यस योजनामा सहभागी बन्न सक्नेछन्। शनिबार बाहेक हरेक दिन एक टीभीएस एनटर्क १२५ सीसीको भाग्यशाली विजेता बन्न सकिनेछ। शनिबार यो योजना नभए पनि शनिबारको दिन प्रवर्द्धन योजनामा सहभागी हुने ग्राहकको नाम आइतबार गरिने लक्की डमा सामेल गरिनेछ।
योजना अवधिभरमा जम्मा २५ जना भाग्यशाली विजेताको नाम सार्वजनिक गरिनेछ। यो योजना असोज ५ गतेबाट सुरु कात्तिक ३ गतेसम्म कायम रहनेछ। यद्यपि ग्राहकले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नेछन्। असोज २ देखि असोज ५ सम्म प्राप्त भएका इन्ट्रीलाई असोज ५ गते हुने लक्की ड्रमा एकसाथ समावेश गरिनेछ। लक्की ड्र सातामा २ पटक इमेज च्यानलको म्युजिक अफ योर च्वाइस कार्यक्रममा प्रस्तुत गरिनेछ।
सामसङ नेपालको २५ टीभीएस एनटर्क १२५ सीसी जित्नका लागि सहभागी हुने प्रक्रिया
देशभरमा रहेका ३०० भन्दा बढी सासमङ इन्स्टा फाइनान्स सुविधा रहेको आउटलेटका साथै २२ वटा सामसङ एक्सपिरिएन्स स्टोरहरुबाट ग्राहकले सजिलैसँग आफ्नो स्मार्टफोन अनुभवलाई आजै राम्रो बनाउन सक्नेछन्। यसका लागिमात्र लाग्नेछ थोरै मासिक किस्ता रकम।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago