काठमाण्डौ । आईएमएस स्मार्टले दसैं र तिहारका अवसरमा सामसुङ फेस्टिभ अफर सार्वजनिक गरेको छ। 

अफरअन्तर्गत ग्राहकले आईएमएस एसमार्टबाट सामसुङ स्मार्टफोन खरिद गर्दा ५० प्रतिशत मूल्यबराबरसम्मको गिफ्ट भौचर जित्न सक्नेछन्। जसमा ९ आईएमएस एसमार्ट–सामसुङको आधिकारिक शोरुममा लाइभ लक्की ड्रमार्फत ९ जना भाग्यशाली विजेता बन्नेछन्। 

आईएमएस एसमार्ट शोरुम ९ वटा विभिन्न स्थानमा अवस्थित छ। जसमा काठमाण्डौको कमलादी, दरबारमार्ग, खिचापोखरी, न्युरोड र बौद्ध, ललितपुरको जावलखेलका साथै पोखरा, बुटवल र धनगढीमा रहेको छ। 

ग्राहकले आईएमएस एसमार्ट सामसुङको शोरुमबाट सामसुङको स्मार्टफोन खरिद गर्दा उक्त मूल्यबराबरको गिफ्ट भौचर जित्न सक्नेछन्। 

आईएमएस एसमार्टले ग्राहकलाई ईएमआई सुविधा पनि उपलब्ध गराउनेछ। प्रत्येक ग्राहकले सामान खरिद गर्दा १५ हजार रुपैयाँभन्दा बढीको सुविधा पाउन सक्नेछन्। ग्राहकले लक्ष्मी बैंकबाहेक अन्य सबै बैंकबाट ० प्रतिशत डाउन पेमेन्टमा किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। यसका साथै ३० प्रतिशत डाउन पेमेन्टमा लक्ष्मी बैंकबाट सामान खरिद गर्न सक्नेछन्। 

ग्राहकले ३ महिना, ६ महिना, ९ महिना, १२ महिना र १८ महिना अवधिको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। ग्राहकले यी बैंकबाट किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। 

  • माछापुच्छ्रे बैंक
  • नेपाल इन्भेष्टमेन्ट बैंक
  • सिटिजन्स इन्टरनेसनल बैंक
  • मेगा बैंक नेपाल
  • सानिमा बैंक
  • ग्लोबल आइएमई बैंक
  • एनएमबि बैंक
  • सनराइज बैंक
  • नबिल बैंक
  • एनआइसी एशिया बैंक
  • लक्ष्मी बैंक (30% Down Payment and 40,000 and above value product)
  • बैंक अफ काठमाण्डू (20% Down Payment and covers 35,000 and above value product)
  • उपास्ना बहुउद्देश्यीय सहकारी (40% Down Payment)

सामसुङको फेस्टिभ अफर कात्तिक १७ गते सम्म लागू हुनेछ।