काठमाण्डौ । नेपालका लागि  सामसुङ इलेक्ट्रोनिक्सको आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्सको सञ्जाल अन्तर्गत रहेको कृष्ण कन्हैया अर्डर एन्ड सप्लायर्सले कैलालीको धनगढीस्थित पुष्पलाल चोकमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा स्थापना गरेको छ।

हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापा र कृष्ण कन्हैया अर्डर एन्ड सप्लायर्सका कलाधर ठाकुरले आज स्मार्ट प्लाजाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा ग्राहकको माग र आवश्यकतालाई गुणस्तरीय सेवामार्फत सम्बोधन गर्न प्रतिबद्ध छ। ग्राहकले अब आफ्ना पुराना उपकरण र फोनहरु ल्याई सामसुङको नयाँ उपकरणसँग पनि  साट्न सक्ने कम्पनीले जनाएको छ। यससँगै ग्राहकले हुलास फिन सर्भिसमार्फत सजिलै किस्ताबन्दीको सेवा पनि प्राप्त गर्न सक्ने कम्पनीको भनाइ छ। 

कार्यक्रममा सामसुङ स्मार्ट प्लाजाका प्रबन्धक शिव शंकर ठाकुरले धनगढीका ग्राहकको बढ्दो मागको आपूर्तिका निम्ति यस सुविधा सम्पन्न सामसुङ स्मार्ट प्लाजा सञ्चालनमा ल्याइएको बताए।