काठमाण्डौ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयको प्राथमिक तहमा नयाँ शिक्षक भर्ना खुलाएको छ।
आयोगले आज सूचना प्रकाशित गर्दै ७७ जिल्लाका लागि प्रावि तहमा १३ हजार ९३ जना शिक्षक पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो। जसमा खुला ७ हजार २०३, महिला १ हजार ८५४, दलित महिला ६० र मुस्लिम महिला ३० जना पदपूर्ति गरिने भएको छ।
यसैगरी आदिवासी जनजाति १ हजार ५९०, मधेसी १ हजार २९८, दलित ५३१, अपांगता २९३ र पिछडिएको क्षेत्र २३४ जनालाई दरखास्त आह्वान गरिएको छ।
इच्छुक उम्मेदवारले आउँदो माघ १३ गतेसम्म दरखास्त बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरी माघ २० गतेसम्म दरखास्त दिन सकिनेछ।
दरखास्त अनलाइनमार्फत बुझाउनुपर्नेछ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19