काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीटेडका ग्राहकले एमआई सायोमी एण्ड पोको ब्राण्डका मोबाईल तथा अन्य इलेक्ट्रोनिक सामानहरु शून्य प्रतिशत इएमआईमा पाउने भएका छन् ।
ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक र भस्तल इम्पेक्स प्रालिबीच बैंकको इन्स्टापे सुविधामार्फत मोवाइल तथा अन्य इलेक्ट्रोनिक सामानहरु खरिद गर्दा विशेष सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा भस्तल(Vatsal) इम्पेक्सको तर्फबाट डाइरेक्टर नितेशकुमार मुन्द्र तथा माछापुच्छ्रे बैंंकको तर्फबाट नायब प्रमुख डिजिटल बैंकिङ्क विनय रेग्मीले हस्ताक्षर गरे ।
यो सम्झौतापछि बैंकका ग्राहकहरुले ६ देखि ९ महिनासम्मका लागि शून्य प्रतिशत इएमआईमा इन्स्ट पेमार्फत रु १५ हजारदेखि एमआई सायोमी एण्ड पोको ब्राण्डका मोवाइल तथा अन्य इलेक्ट्रोकोनिक सामानहरु खरीद गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरूले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इन्स्टा पेबाट पाउन सक्नेछन् । यो सुविधा भस्ताल इम्पेक्सको काठमाण्डौस्थित सोरुममार्फत प्रदान गरिने बताइएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago