काठमाण्डौ। अब साहारा एपका ग्राहक तथा राइडरले स्वास्थ्य उपचारमा विशेष छुट पाउने भएका छन्।

बिजनेस ग्रोथ कम्पनी प्रालिद्वारा सञ्चालित साहारा एपका राइडर तथा ग्राहकले बसुन्धराको ग्रिनसिटी अस्पतालमा १५ प्रतिशतसम्म उपचारमा छुट पाउने छन्। अस्पतालले प्रदान गर्ने सेवाको प्रकारअनुसार छुट पाउनेछन्। 

मंगलबार साहारा एपका अध्यक्ष शेखर श्रेष्ठ र ग्रिनसिटी अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले छुटसम्झौतामा हस्ताक्षर गरेका छन्। 

पछिल्लो समय लोकप्रिय रहेको साहारा एपले आफ्ना ग्राहक तथा राइडरलाई ध्यानमा राखेर स्वास्थ्य सेवामा पनि छुट व्यवस्था गरेको अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए। यो सम्झौताले स्वास्थ्योपचारमा ग्राहक तथा राइडरलाई धेरै लाभ पुग्ने उनले विश्वास व्यक्त गरे। 

अस्पतालका बजार प्रबन्धक श्रीकृष्ण विडारीले साहारा एपसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। अस्पतालले प्रदान गर्ने सेवामा कुनै कमी हुन नदिने स्पष्ट पारे। आजबाटै अस्पतालले प्रदान गर्ने सेवामा ग्राहक तथा राइडरले छुट पाउने छन्। 

कम्पनीका अनुसार साहारा एपमा दर्ता भएका ग्राहक तथा राइडरले उक्त एपमा भएको आफ्नो जानकारी अस्पतालमा दिएपछि छुट पाउनेछन्। 

शून्य कमिसनमा सेवा दिइरहेको साहारा एपले ग्राहक तथा राइडरको पहिलो रोजाइमा पर्ने गरेको छ। यसअघि कम्पनीले अजोड इन्सोरेन्ससँग इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ। ग्राहक तथा राइडरले ६ लाखसम्मको इन्स्योरेन्स सुविधा पाउने कम्पनीका सीईओ विशाल जिसीले जानकारी दिए।