चितवन। चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले चाडपर्वको अवसर पारेर ल्याएको उपभोक्तामुखी प्रवर्द्धन योजनाको उपहार विजेता घोषणा गरेको छ। 

उक्त योजनाको सबैभन्दा ठूलो उपहार यामाहाको एफजेड मोटरसाइकल कुपन नं. ११९३ का ब्रिजराज लामिछानेले जितेका छन्। कुपन नं. ४९३ का सोनल ओलीले फ्रिज र कुपन नं. ५६४१ की प्रियंका सुवेदीले वासिङ मेसिन जितेकी छिन्। 

कुपन नं. ५२०० का रबिन श्रेष्ठले एलइडी टिभी तथा कुपन नं. ११६५ लोकेश ओली र ५६८४ का मिनबहादुर साउदले मोबाइल जितेका छन्। भ्याकुम क्लिनर कुपन नं. ४७६ का चन्द्र श्रेष्ठलाई परेको छ। 

अन्य उपहारमा सोमराज लामिछाने (कुपन नं. ७५५) ले आइरन, लोकप्रसाद (कुपन नं. ५०७३)ले मिक्स्चर र अमृत राउत (कुपन नं. ५१७७)ले साइकल जितेका छन्। 

त्यसैगरी कुपन नं. ४९६ का सबिन गुरुङले फ्यान जिते। सु्नको सिक्का मनु जिसीले जितेको कम्पनीले जनाएको छ। 

भ्याकेसन प्याकेज निशान खनाल (कुपन नं. ५८२३), अन्जना श्रेष्ठ (कुपन नं. ५८२४), निशान खनाल (कुपन नं. ५८२२) र होमनाथ अधिकारी (कुपन नं. ८९४)ले जितेका छन्। सिजी ल्यान्डमार्कले २०७८ को दसैं, तिहार र छठ पर्वको अवसर पारेर हरेक एक हजार रुपैयाँभन्दा माथिको खरिदमा ग्राहकलाई निःशुल्क लक्की ड्र कुपन बाँडेको थियो। 

ती कुपनहरुलाई समावेश गरी गोला प्रथाबाट विजेता चयन गरिएको कम्पनीले जनाएको छ।