काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र द द्वारीकाज् होटलबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।
सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले द द्वारीकाज् होटलद्वारा सञ्चालित माकोज् रेस्टुरेन्ट र तोरन रेस्टुरेन्टमा १० प्रतिशतसम्मको छुट पाउनेछन्। कम्पनीले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास लिएको बताएको छ।
कम्पनीले डिजिटल बैकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ।
डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरु वेबसाइटबाट प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीले देशभरका आफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैकिङ इकाईहरुबाट १६ लाख ६७ हजार ग्राहकवर्गलाई बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago