काठमाण्डौ ।सिटिजन्स बैंकले जाजरकोट तथा रुक पश्चिममा गएको भूकम्पमा पीडित भएका नागरिकको सहायताका लागि आर्थिक सहयोग स्वरुप २५ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । 

शुक्रबार मध्यरातमा गएको विनाशकारी भूकम्पबाट पीडितहरुको उद्धार तथा उपचारको उद्देश्यले प्रधानमन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोग स्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको कम्पनीले बताएको छ ।

कम्पनीले प्रकोपबाट ज्यान गुमाएका परिवारप्रति हाद्र्घिक समवेदना व्यक्त गर्दै घाईतेहरुको स्वस्थ लाभका लागि कामना गरेको छ । यस घटनाबाट प्रभावित सम्पूर्णजनहरुप्रति तत्काल सहयोग तथा राहत पुग्ने विश्वास पनि कम्पनीले बताएको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्‍याउदै आएको र भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने कुरा पनि उल्लेख गरेको छ ।

कम्पनीले देशैभरी फैलिएकाआफ्ना १८८ वटा शाखा, १४८ वटा एटीएम र  ९७ वटा शाखा रहित बैंकिङ इकाईबाट १६लाख ६४हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदानगर्दै आएको छ ।