काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १८९औं शाखा काठमाण्डौको टेकुमा  सञ्चालनमा ल्याएको छ ।

यो सँगै काठमाण्डौ उपत्यका भित्र उक्त कम्पनीको ३७ वटा शाखाहरु र वाग्मती प्रदेशमा ५१ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । मंगलबार आयोजित एक कार्यक्रमका बीच कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरेका छन् ।उनले  प्रुडेन्ट बैंकिङ र सुशासनमा कुनै सम्झैता नगरीकन काम गर्ने उद्धेष्यमा बैंक रहेको बताए । 

उक्त अवसरमा कम्पनीको सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुकोे उपस्थिति थियो । 

कम्पनीले देशैभरी फैलिएका आफ्ना १८९ वटा शाखा, १४९ वटा एटीएम र  ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७५ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदानगर्दै आएको बताएको छ ।