काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाण्डौको नयाँबानेश्वरस्थित इन्द्रेणी सुइट होटल बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छूट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

उक्त समझदारीपत्रमा हस्ताक्षर पश्चात् कम्पनीका कार्डबाहकले इन्द्रेणी सुइट होटलमा १० प्रतिशतसम्मको आकर्षक छूट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट ग्राहकहरु लाभान्वित हुनुका साथै नगदबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने कम्पनीले बताएको छ ।

कम्पनीले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको पनि बताएको छ ।

डिजिटल कारोबार गर्दा पाइने छूट सम्बन्धी विस्तृत विवरणहरु कम्पनीको वेबसाइटमा प्राप्त गर्न सकिन्छ । कम्पनीले देशैभरका १८९ वटा शाखा, १४९ वटा एटीएम र  ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६ लाख ७६ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बताएको छ ।