काठमाण्डौ । सिटिजन्स बैंकका पूर्व अध्यक्ष कुलचन्द्र गौतम सम्मानित भएका छन् ।

शनिवार चितवनमा आयोजित नेपाल बैंकर्स संघको ३७औं वार्षिक साधारण सभाबाट उनी सम्मानित भएका हुन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा संघले सिटिजन्स बैंकको अध्यक्षलगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाको विभिन्न ओहोदामा रहि आर्थिक सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको उच्चकदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरेको हो । 

गौतमले संयुक्त राष्ट्र संघको सहायकमहासचिव, युनिसेफको उपकार्यकारी निर्देशक, नेपालको लागि शान्तिप्रक्रिया तथा अन्तरराष्ट्रिय मामिलामा प्रधानमन्त्रीका विशेष सल्लाहाकार, विश्व बैंक दक्षिण एशियाको खाद्य तथा पोषण सुरक्षा पहलका सल्लाहकार, सिटिजन्स बैंक सञ्चालक समितिको अध्यक्षलगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा रहेर विगत पाँच दशकभन्दा बढी अनवरत रुपमा महत्वपूर्ण योगदान पु र्‍याउँदै आएका छन् ।

उनी सिटिजन्स बैंकको सञ्चालक समितिको अध्यक्षमा २०६७।०१।१७ देखि मिति२०६८।०६।२८ सम्म रहेका थिए ।  नेपाल बैंकर्स संघ जस्तो गरिमामय संस्थाबाट बैंककापूर्व अध्यक्ष सम्मानित भएकोमा सिटिजन्स बैंकले गर्व महशुस गरेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ । 

कम्पनीले देशैभरी फैलिएकाआफ्ना १९० वटा शाखा,  १५१ वटा एटीएम, तीन ओटा विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ इकाईहरुबाट १६लाख८६हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।