काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र साउदी अरबको बैंक अलबिलाद–एन्जाजको संयुक्त सहकार्यमा साउदीमा रहेका नेपाली उपभोक्तालाई विभिन्न उपहारहरुको योजना सार्वजनिक गरेको छ ।
यो योजना एन्जाज च्यानल र बैंक अल्बिलादको ई–च्यानल, अल्बिलाद मोबाइल एप, अल्बिलाद नेट, अल्बिलाद एटीएम, एन्जाज सेल्फ–सर्भिस मेसिन, एनजाज पीओएस, एन्जाज सेन्टर मा उपलब्ध छ ।
योजनाअन्तर्गत ६ जना भाग्यशाली बिजेताहरुले निःशुल्क हवाई टिकट (विश्वको जुन सुकै ठाउँ ), २४ जनाले ५ ग्राम सुनका सिक्का, ४५ जनाले सिटी म्याक्सको सपिङ भाउचर र अन्य आर्कषक पुरस्कारहरु जित्न सक्नेछन् । यो योजना ३ महिनाका लागि (जनवरी ३० देखि अप्रिल ३०) सम्म लागू हुनेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरि आफ्नो रेमिटान्स सुविधा दिँदै आइरहेको छ । एन्जाज र सिटी एक्सप्रेसबीच २०१७ देखि कारोवार सुचारु हुँदै आइरहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago