काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र खल्ती डिजिटल वालेटबीच रेमिटान्स सम्झौता भएको छ । एक कार्यक्रमका बीच सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र खल्ती डिजिटल वालेटको तर्फबाट निर्देशक अमित अग्रवालले सो सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौताअनुसार खल्ती डिजिटल वालेट प्रयोगकर्ताले आफ्नो खल्तीएप्मा भएको रकम आफैले सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढी एजेन्टहरुमा पठाउन सक्नेछन् । यसका साथै खल्ती डिजिटल वालेटका एजेन्टहरुबाट पनि यो सेवाको लाभ प्राप्त गर्न सक्नेछन् ।
साथै सिटी एक्सप्रेसका सबै एजेन्टहरुबाट आफ्नो खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुविधा पनि शीघ्र सुचारु हुने भएको छ । नेपालमा डिजिटल च्यानलको प्रयोगको प्रोत्साहनको लागि छिट्टै सिटी एक्सप्रेसको अन्तरराष्ट्रिय एजेन्टहरुबाट पनि सिधै खल्ती डिजिटल वालेट खातामा रकम जम्मा गर्ने सुबिधा सुरु हुनेछ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरुबाट ७,५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको जनाएको छ ।