काठमाण्डौ । ख्यातिप्राप्त रेमिटान्स कम्पनी ईएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबर सुरु भएको छ।

जापान, यूएई, जोर्डनस्थित उपभोक्ताहरुले ईएमक्यूको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध ७ हजार ५०० भन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिनेछ। 

सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टन्डन र ईएमक्यूका प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका छन्।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरी आफ्नो रेमिट एजेन्टबाट ७ हजार ५०० भन्दा बढी नेपालका एजेन्टमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ।