काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले नेपालीको महान चाड दसैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न आज बिहीबारबाट लगातार ६० दिनसम्म चल्ने ‘जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु. १०,००० हातमा’ उपहार योजना घोषणा गरेको छ।

यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६० दिन लगातार हरेक दिन एकजना विजेतालाई १० हजार रुपैयाँ उपहार प्रदान गरिने सिटी एक्सप्रेसले जनाएको छ। यो योजना असोज १५ गतेदेखि मंसिर १५ गतेसम्म लागू हुनेछ। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देश तथा विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन्। यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ र यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागू नहुने बताइएको छ। 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि कोरिया, जापान, साउदी, कतार, कुवेत, मलेसिया, अस्ट्रेलियालगायत संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।