काठमाण्डौ । हङकङको ख्यातिप्राप्त वायरेज रेमिट्यानस र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ।

हङकङमा रहेका नेपालीले वायरेज रेमिट्यान्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १० हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने र नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने पनि कम्पनीले जनाएको छ। 

उक्त सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट  प्रबन्ध निर्देशक चन्द्र टन्डन र वायरेज रेमिट्यान्सका तर्फबाट निर्देशक ऋतु त्रिपाठीले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै यही नोभेम्बर ३० सम्म वायरेज रेमिट्यान्सबाट सिटी एक्सप्रेसमार्फत गरिने बैंकिङ कारोबार निःशुल्क गरिएको कम्पनीले जनाएको छ।