काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले विश्वव्यापी फैलिरहेको महामारी कोभिड–१९ विरुद्घ आफ्ना अभिकर्ताहरुको बीमा गराएको छ।
नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै विषम परिस्थितिमा पनि आफ्नो सेवा प्रदान गर्दै आएकोमा उच्च मूल्यांकन गर्दै सेवामा थप उत्साह र उच्च मनोबलका साथ हौसला प्रदान गर्नका लागि सिटी एक्सप्रेस मनी ट्रान्सफरले अभिकर्ताहरुको बीमा गराएको हो। जसअनुरूप मापदण्ड पुगेका ८ जना कोरोना पीडित अभिकर्तालाई कोरोना बीमाको दाबी भुक्तानी रकम जनही ५० हजार रुपैयाँ सिटी एक्सप्रेसले हस्तान्तरण गरेको छ। साई बाबा रेमिट् चाबहिलका हरिकुमार श्रेष्ठ, अनलाइन सब रेमिट काठमाण्डौका दीपेन्द्र ढकाल, आनन्द मनी ट्रान्सफर झापाका आनन्द थापा, डेस्टिनेसन डेलिभरी सर्भिस कास्कीका लीला भट्टराई, मध्यबिन्दु ट्रेड सेन्टर नवलपुरका गोपाल सिर्पाली, कलश मनी ट्रान्सफर सुनसरीका कुलबहादुर भारती, जिमिरेभर मनी नेट्वर्क परासीका शेरबहादुर गुरुङ र हीरा इन्टरप्राइजेज नवलपुरका कृष्ण गिरी गरी ८ जानालाई चेक हस्तान्तरण गरिएको छ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19