काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाले  नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अस्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा  पठाइएको रकम  ३० मिनेटभित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ। 

सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकले रकम पठाउँदा नेपालभरि रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ। रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाको वेबसाइट www.cityexpressmoneytransfer.com.au बाट पठाउन सकिन्छ।

कोभिड—१९ का कारण उत्पन्न यस विषम परिस्थितिमा सिटि एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकलाई केही अत्यावश्यक सुविधा दिने सोचले योे योजना ल्याएको सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाका डाइरेक्टर समिप कट्वालले बताएका छन् । हाल अस्ट्रेलियामा सिटी एक्सप्रेस मनि ट्रान्सफर सबैभन्दा छिटो बढ्दै गरेको नेपाली रेमिटान्स ब्रान्ड बन्दै गएको छ।

सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ।