काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १४ वसन्त पार गरी १५ औँ वर्षमा प्रवेश गरेको छ। 

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँदै’ भन्ने मूल नाराका साथ १५ औँ वार्षिकोत्सव अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै कमलादीस्थित आफ्नै कार्यालय सिटी एक्सप्रेस कम्प्लेक्समा सानो समारोह बीच सम्पन्न गरेको छ।  

उक्त समारोहमा ‘न यति न उति सीधै लखपति’ योजनाको विजेता साउदीमा कार्यरत जागेश्वर भुसकुलिया यादवकी धर्मपत्नी फुलमती कुमारीलाई रु १० लाखको चेक हस्तान्तरण गरेको छ। यसका साथै कार्यालयको आन्तरिक छनोट प्रक्रियाबाट यस आर्थिक वर्षमा उल्लेखनीय कार्य गरेबापत विभिन्न विभाग र तहका ३ उत्कृष्ट कर्मचारीलाई पनि सम्मान गरेको छ। 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधा प्रदान गर्दै आइरहेको छ।