काठमाण्डौ । साइप्रसको ख्यातिप्राप्त Korona Pay र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। 

साइप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले Korona Pay को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टै नै नेपालको  जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिनेछ। 

सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र Korona Pay का तर्फबाट प्रमुख कार्यकारी अधिकृत न्भिद प्यशयिख ले हस्ताक्षर गरेका छन्। 

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसार भरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।