काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत कात्तिक महिनाको ५ भाग्यशाली विजेताका नाम सार्वजनिक गर्दैे योजना समापन भएको घोषणा गरेको छ।
सोही योजनाअन्तर्गत ५ जनाले जनही रु. १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट रेमिटान्स पठाउने खगेन्द्र बुढाथोकीे, मलेसियाबाट उदय राम यादव, कुवेतबाट रमिता तामाङ, कोरियाबाट दिलबहादुर पुनका साथै अन्तिममा कतारबाट रेमिटान्स पठाउने चिनाक हरिजन गरी ५ जना लखपति बन्न सफल भएका हुन्।
सिटी एक्सप्रेस मनी ट्रान्सफरले समस्त नेपालीको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गर्दै आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ६१ दिनसम्म चल्ने ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो।
सिटी एक्सप्रेसको यो उपहार योजनाअन्तर्गत लक्की ड्रमार्फत ६१ दिन लगातार हरेक दिन १ जना (कुल ६१ जना) विजेतालाई रु. १० हजार उपहार प्रदान गरेको छ। यसका साथै हरेक महिना ५ जनालाई रु. १–१ लाख गरी २ महिनासम्म १० जना लखपति बन्न सफल भएका छन्।
कम्पनीका अनुसार यो अफर असोज १ गतेदेखि कात्तिक ३० गतेसम्म चलेको थियो। यो अवधिभरि सिटी एक्सप्रेसमार्फत देशविदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी गरिएको थियो।
सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ। आन्तरिक विप्रेषणअन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२ हजारभन्दा बढी भुक्तानी केन्द्रहरुमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिनेजस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19